२०८१ मंसिर १२, बुधबार
उनलाई हाल मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि दावाको कल डिटेल्सको आधारमा अधिकारीलाई विशेष निगरानीमा राखेर अनुसन्धान अघि बढाइरहेको बताइएको छ । शक्ति केन्द्रसँग ठुलो पहुँच बनाएका अधिकारीमाथि निष्पक्ष छानबिन हुनेमा आशंका देखिएको छ ।
निजामती क्षेत्रमा शक्तिशाली सहसचिवको रूपमा चिनिने अधिकारीको सत्तानिकट विभिन्न शक्तिकेन्द्रसँग उनको नियमित उठबस हुने गरेको स्रोतको दाबी छ । अधिकारी अध्यागमन विभागको महानिर्देशक हुनुअघि राजस्व अनुसन्धान विभागमा पाँच महिना महानिर्देशकको रूपमा कार्यरत रहेका थिए । राजस्व अनुसन्धान विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आएका उनको एकै पटक गृहमन्त्रालयमा सरुवा भएको थियो ।
गृहमा सरुवा भएलगत्तै उनले गृहअन्तर्गत रहेको र अत्यन्तै संवेदनशील मानिएको अध्यागमन विभागको महानिर्देशक बन्न सफल भएका थिए । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेको अवस्थामा गत फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनाएर पठाइएको थियो ।
अधिकारीले सुन तस्कर दावाको सहयोगमा काठमाडौं, पोखरा र भारतका विभिन्न स्थानमा रहेका होटलहरूमा लगानी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । राजस्व अनुसन्धान विभागका एक कर्मचारीले भने– ‘त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत उहाँले सहयोग गरेको देखिन्छ ।’ नेपाल समाचारपत्र दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे