२०८१ मंसिर ९, आईतबार
गैंडाकोटमा आज सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम गर्दै प्रतिष्ठान नवलपुर शाखाले आफ्नो २२ औँ साधारण सभा सम्पन्न गरेको हो। गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
कलाकारको संरक्षण र लोक संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय सहितको भवन निर्माणमा जुटेको प्रतिष्ठान नवलपुरका अध्यक्ष वुद्धिनाथ घिमिरेले कार्यक्रममा बताउनुभयो।
कावासोती ६ मा बन्ने प्रतिष्ठानको कार्यालय भवन एवम् साँस्कृतिक संग्रहालयका लागि यतिबेला धेरै चन्दादाताहरूले आफ्नो सहयोग रकम कवोल गर्नुभएको समेत घिमिरेले जानकारी गराउनुभयो। हालसम्म ११ लाख बढि रकम कवोल गरिएको थियो।
आज गैँडाकोटमा सम्पन्न कार्यक्रममा समेत झण्डै २० जना भन्दा बढिले भवन निर्माणार्थ १० लाखको हाराहारिमा सहयोग रकम कवोल गरेका थिए। छिट्टै कावासोतीमा बन्ने भवनको लागि यो एउटा राम्रो सुरूवात भएकोले सबै चन्दादातालाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा गरेका छौँ उहाँले भन्नुभयो।
गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले २०५८ सालमा गैँडाकोटको जनक मावीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पहिलो कार्यक्रम तथा विधिवत रूपमा गठन गर्दाको क्षणलाई स्मरण गराउनुभएको थियो। आफु पहिलेदेखी लोक तथा दोहोरीगीत भनेपछि हुरूक्कै हुने र गाडीमा समेत सधै दोहोरी गीत मात्रै बजाउनेगरेको समेत उहाँले बताउनुभयो।
हाम्रो राष्ट्रिय पहिचानलाई कायम राख्दै नेपाली कला संस्कृतिलाई बचाई राख्ने राष्ट्रिय लोक तथा दोहोरी गीतको प्रवर्द्धनका लागि आफूले त्यसबेला धेरै नै सहयोग गरेको बताउनुभयो। आजै शुभकामना दिँदै अधिकारीले गैँडाकोट नगरपालिकाको तर्फबाट प्रतिष्ठानको नवलपुरमा बन्दै गरेको भवनका लागि ४ लाख रूपैँया उपलब्ध गराउने समेत बाचा गर्नुभएको छ। सबै मिलेर प्रतिष्ठानको भवन निर्माणमा एकजुट हुन समेत अधिकारीले आग्रह गर्नुभयो।
कार्यक्रममा बिभिन्न कलाकारहरूद्धारा नाच प्रस्तुत गरिएको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठान नवलपुरका अध्यक्ष वुद्धिनाथ घिमिरे तथा प्रमुख अतिथिको रूपमा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी रहनु भएको थियो। बिशिष्ट अतिथिको रूपमा ख्यातीप्राप्त कलाकार अमर बिरही गुरूङ्ग र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका तर्फबाट दिपक खड्काको उपस्थिति रहेको थियो। कार्यक्रममा लोक दोहोरी गीतलाई माया गर्ने केही कलाकारहरूलाई सम्मान गरिएको थियो। उपस्थितहुने अग्रज पाहुन तथा अतिथिहरूलाई मायाको चिनो स्वरूप गैँडाकोटबाटै उत्पादन भएको सागर मह समेत प्रदान गरिएको थियो।
कार्यक्रममा नगरपालिकाका १ नं. वडा देखि ९ सम्मका जनप्रतिनिधि, कलाकार व्यवसायी तथा समाजसेवीको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिष्ठान नवलपुरका सचिव कलाकार भक्त थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे