२०८१ मंसिर २०, बिहिबार
स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकूद भन्ने नाराका साथ यही फागुन २१ गतेदेखि गैँडाकोट–९ स्थित थुम्सीमा प्रतियोगिता आयोजना गरिने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
नवजागरण ग्रामीण विकास केन्द्रले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, कास्की र चितवनका आठ टोलीले भाग लिने खेल संयोजक धामनाथ सापकोटाले बताए ।
लामो समयदेखि खेलकुदका गतिविधि ठप्प जस्तै भएको अवस्थामा खेल पर्यटन मार्फत आर्थिक क्षेत्रलाई गतिशील बनाउन प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो ।
प्रतियोगितामा विजेता हुने टोलीले दुई लाखसहित कप, पदक तथा प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाले बताए । उपविजेताले एक लाख ५० हजार, म्यान अफ दी सिरिजले १० हजार, इमर्जिङ प्लेयरले सात हजार पाउनेछन्। त्यस्तै उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डरले जनही पाँच पाँच हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार ५०० सहितका पुरस्कार पाउने भएका छन् । प्रतियोगिताको समापन फागुन २५ गते हुने जनाइएको छ । रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे