२०८१ मंसिर ८, शनिबार
काठमाडौं । तत्कालिन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैछ ।
गत सोमबार राति हृदयघातबाट निधन भएका नेम्वाङको बिहीबार अन्त्यष्टि गर्न लागिएको हो । विदेशमा रहेका छोराहरु फर्किन समय लाग्दा नेम्वाङको अन्त्यष्टि गर्न ढिलाई भएको हो ।
बिहीबार बिहान ११ बजे बालुवाटारस्थित नेम्वाङको निवासबाट शवयात्रा निकालेर दिउँसो पशुपति आर्यघाटमा वैदिक तथा लिम्वु विधि अनुसार अन्त्यष्टि गरिने बुझिएको छ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।
त्रिवि शिक्षण अस्तापलत महाराजगञ्जमा निधन भएका नेम्वाङको पार्थिब शरीर मंगलबार बिहानदेखि बुधबार बिहानसम्म श्रद्धाञ्जलीका लागि एमाले मूख्यालयमा राखिएको थियो भने बुधबार नेम्वाङको निवासमा लगिएको थियो ।
निवासमा लिम्वु सँस्कार अनुसारको कर्म गरिएको बुझिएको छ । सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे