२०८१ मंसिर ७, शुक्रबार
तर विगत लामो समयदेखि एक जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत थिए । झण्डै सात महिनाअघि डाक्टर पच्या सरुवा भई गएपछि गुल्मी अस्पतालको नेतृत्व सम्हाल्न डाक्टर जिसी आएका थिए । तर जिसी पनि गएपछि अहिले अस्पताल विशेषज्ञ डाक्टर बिहीन एवम् प्रशासन प्रमुख बिहीन बनेको छ । अस्पतालमा पाँचजना अन्य डाक्टरहरुको दरबन्दी छ । करारमा आठजना डाक्टर कार्यरत थिए । ती मध्ये केही बिदामा छन् । जसले गर्दा अस्पतालको सेवा प्रवाहमा कठिनाई भइरहेको छ भने नागरिकले सास्ती खेपेका छन् ।
यही भदौ १२ गते उपचारको क्रममा अर्घाखाँची काउलेकी सात बर्षिया बालिकाको ज्यान गएपछि अहिले अस्पतालमा पहिलेजस्तो सहज ढङ्गले सेवा प्रवाह हुन छाडेको छ । ‘पहिले–पहिले अस्पतालमा राम्रोसँग चेकजाँच हुन्थ्यो, तर अहिले सामान्य उपचार पाउन पनि गाहे भयो ।’ उपचार लिन आएकी सुमित्रादेवी पाण्डेले भनिन्, ‘बाध्य भएर निजी मेडिकलमा जानुप¥यो ।’ अस्पतालमै सेवा लिएका अर्घाखाँचीका फर्सुराम पाण्डेले जनशक्ति अभावमा अस्पतालबाट उपचार पाउन समस्या भएको भन्दै तत्काल समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।
गुल्मी अस्पतालका अध्यक्ष गोपाल पाण्डेले अस्पतालमा जनशक्ति अभाव भएको स्विकार गर्दै आवश्यक जनशक्ती व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभयो । ‘डाक्टर ल्याउनको लागि निरन्तर प्रयास गरिरहेको छु, तर प्रदेशको मन्त्रालयले डाक्टर नै पाइएनन् भन्छ ।’ उनले भने । पछिल्लो एक महिनामा मात्रै १४ जना स्वास्थ्यकर्मीले अस्पताल छोडेको पाण्डेले बताए ।राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे