२०८२ बैशाख ६, शनिबार
पूर्वबाट पश्चिततर्फ दाना लिएर जाँदै गरेको ना ५ च १५३ नम्बरको बोलेर अनियन्त्रित भइ सोही दिशामा रोकी राखेको ना २ ह २८३७ नम्बरको अटोमाथि पल्टिदा ३ जना घाइते भएका हुन् ।
दुघर्टनामा परि अटो चालक गैँडाकोट ४ का ४१ वर्षिया विश्वराज अधिकारीको टाउकोमा गम्भिर चोट लागेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । अधिकारीको हाल चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बोलेरो चालक धादिङका २४ वर्षिया प्रदिप वि.क र सह चालक माडी नगरपालिकाका १९ वर्षिया सन्दिप परियार सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भएको छ । अटो र बोलेरो ईलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे