२०८१ मंसिर १०, सोमबार
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी, अस्पतालका पूर्व अध्यक्षहरु, पूर्व निर्देशकहरु सहभागी हुनुहुनेछ ।दिवसकै अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको छ । सो अवसरमा अस्पतालले प्रकाशन गरेका तीन वटा पुस्तक विमोचन लगायतका कार्यक्रम हुने कार्यकारी निर्देशक डा. पौडेलले जानकारी दिनुभयो ।
वि. सं २०५६ सालदेखि सेवा प्रारम्भ गरेको यस अस्पतालको इतिहास वि.सं २०४८ बाट शुरु भएको देखिन्छ । २०४८ चैत्र ३ गते ९१८ मार्च १९९२० मा नेपालका तत्कालिन प्रधानमन्त्री स्व।गिरिजाप्रसाद कोइराला र तत्कालिन चिनिया प्रधानमन्त्री लिफङ बीच द्विपक्षीय सहयोग अभिबृद्धि गर्न नेपालमा क्यान्सर अस्पताल स्थापना गर्न चीनको राजधानी बेइजिङमा दुई पक्ष बीच समझदारी भएको थियो । सोही अनुसार २०४९ श्रावण २७ ९११ अगष्ट १९९२० मा प्रथम पटक बी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल परियोजना व्यवस्था समिति गठन भई कार्य आरम्भ भएको थियो ।
२०४९ आश्विन १ गते ९१७ सेप्टेम्बर १९९२० मा भरतपुर नगरपालिका वडा नं ७ यज्ञपुरी चितवनमा रहेको साविक बागवानी केन्द्र रहेको ७५–१०–२ जमिनको क्षेत्रफलमा १०० शैयाको क्यान्सर अस्पताल निर्माण गर्ने सम्झौतामा नेपाल र चीन सरकार बीच काठमाडौंमा हस्ताक्षर सम्पन्न भएको थियो ।
यस अस्पतालबाट २०४९ माघ १४ गते ९१७ जनावरी १९९३० देखि जनशक्ति तयार गर्ने प्रथम चरणको कार्य प्रारम्भ भएको थियो । वि।सं २०५३ फाल्गुण १५ गते ९२६ फेबु्रअरी १९९७० मा बी। पी। कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३, कार्यान्वयनमा आएपछि यसले स्वायत्त संस्थाको रुप धारणा गर्ने अवसर प्राप्त ग¥यो ।
मित्रराष्ट्र चीन सरकारको आर्थिक, प्राविधिक र जनशक्ति सहयोगमा निर्मित यस अस्पताल २०५५ पौष ६ गते ९२१ डिसेम्बर १९९८० मा चिनियाँ पक्षले निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । वि. सं २०५६ श्रावण ४ गते ९२० जुलाई १९९९० देखि यस अस्पतालले शल्य चिकित्सा तथा २५ शैयाबाट अन्तरंग सेवा प्रारम्भ गरी हाल यस अस्पताललाई ४५० शैयाको क्षमतामा विस्तार गरी क्यान्सर रोगको उपचार हुँदै आएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे