२०८१ मंसिर ८, शनिबार
गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी र मौलाकाली केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले संयुक्त रुपमा पानसमा दियो बाली एटिएम सेवाको उद्घाटन गर्नुभएको हो ।
केवलकारका स्टेशन मेनेजर पौडेलले नेपालको नम्बर वन बैंक बन्न सफल ग्लोबल आइएमई बैंकले आफ्नो परिसरमा एटिएम सेवा शुरु गरेकोमा यसबाट धेरै सेवाग्राही लाभान्वित हुने बताउनुभयाे ।
सो अवसरमा ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीले बैंकका सेवाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा बैंकका क्लस्टर प्रमुख बिदुर ज्ञवाली, गैंडाकोट शाखा प्रमुख किसन श्रेष्ठ, केवलकारका प्रोजेक्ट मेनेजर विजय पौडेल लगायतको उपस्थिति थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे