२०८१ मंसिर १९, बुधबार
चालु आवको फागुन १६ गतेसम्म हितग्राही खाताको संख्या ५० लाख नाघेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हाल ५० लाख सात हजार २४२ को खाता रहेको बताएको छ।
त्यस्तै डिम्याट खाताका साथै मेरो शेयर खाताको सङ्ख्यासमेत उल्लेख्य रूपमा बढेको छ ।
पछिल्लो तथ्यांक अनुसार मेरो शेयरको सङ्ख्या ४१ लाख नाघेको छ।
गत असार मसान्तसम्म २८ लाख ५५ हजार रहेको मेरो शेयरको सङ्ख्या ४१ लाख १९ हजारभन्दा बढी रहेको छ ।
धितोपत्र बजारमा धितोपत्रको कारोबारका साथै प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को आवेदनमा समेत डिम्याट खाता अनिवार्य भएकाले यस्ता खाता खोल्ने क्रम बढेको धितोपत्र बोर्डको बुझाइ छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे