२०८२ बैशाख ६, शनिबार
क्व्होलासोथार गाउँपालिका-९ टक्सार का २८ वर्षीय सजन बिकले ६० वर्षीय दिलबहादुर बिकमाथि खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
असोज १० गते दाह्री काट्ने जिलेट मेसिन नदिएको विषयलाई लिएर झगडा हुँदा सुजनले दिलबहादुरलाई खुकुरी हानेका थिए।
उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शनिबार दिउँसो दिलबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुजनलाई भने प्रहरी चौकी गिलुङबाट खटिएको टोलीले १६ गते पक्राउ गरिसकेको थियो। स्थानीयले दिएको सूचनाका आधारमा उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाकारी दिएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे