२०८१ मंसिर ८, शनिबार
‘डिजिटल प्लेटफर्म’ मार्फत थप आन्दोलन जारी राख्ने महासङ्घले निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिनुभयो । दसैँ बिदा पश्चात् आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज र नागरिक तहलाई जोड्दै थप सशक्त र परिणाममुखी बनाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कान्तिपुरले बलपूर्वक निष्कासन तथा गैर कानुनी सरुवा गरिएका पत्रकारको अधिकार प्राप्तिका लागि नेपाल पत्रकार महासङ्घले यस अघि देखिनै भद्र आन्दोलन गरेको भए पनि नेपाल मिडिया सोसाइटीको नाममा आएका आक्षेप र टिप्पणीप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
श्रमजीवी पत्रकार ऐन आफ्नो संस्थामा तत्काल कार्यान्वयन गर्न महासङ्घले सोसाइटीको ध्यानाकर्षण गराएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे