२०८१ मंसिर १०, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयका अनुसार पहिलो काम उद्दार, उपचार र राहत भएकाले राज्यका सबै साधनश्रोत त्यसमा केन्द्रित गरिएको छ।
हाल भुकम्प प्रभावित क्षेत्रमा वीर हस्पिटल, ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेकाे सचिवाललयले जनाएको छ । तत्काल उपलब्ध केहि राहत सामाग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाई सकिएको र उनीहरुले आफनो तर्फवाट काम सुचारु गरिसकेका छन् ।
उद्दार र राहतको लागि संघीय, प्रदेश तथा स्थानीय सरकारका सबै निकाय परिचालित भएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्रालयमार्फत प्रभावित जिल्ला मात्र नभई आसपासका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि उद्दार र राहतमा सहभागी बन्न निर्देशन भएको छ भने सम्पुर्ण देशवासी तथा आज नै प्रभावित क्षेत्रमा पुगेर मद्दत गर्न सक्ने जिल्लाहरु सुर्खेत, सल्यान, बाके, बर्दिया र दाङ लगायतका जिल्लाका प्रशासन कार्यालयसङ्ग समन्वय गरि उद्दार र राहतमा जुट्न सक्ने गरी ब्यवस्था मिलाईएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
आजै देखि प्रभावित क्षेत्रमा आवस्यक पर्ने खाधन्न, पिउने पानी, लत्ताकपडा, पाल आदीको व्यवस्थापनको लागि सहयोग गर्न सम्पुर्ण राजनैतिक दल, नागरिक समाज, समाजसेवी, व्यवसायी, सामाजिक संघ, संस्था तथा आम जनसमुदायलाई प्रधानमन्त्रीको सचिवालयले अपिल गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे