२०८२ बैशाख ६, शनिबार
बिहान १० बजेर ५१ मिनेटको शुभ साइत पारेर विधिपूर्वक दिदी–बहिनीले टीका फूलमालालगाइ दिएपछि यो क्रम आज दिनभरजसो जारी रहने छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमामार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादिवनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गीटीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलकामाला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीकालगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको छ ।
नेपालपञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको शुभ साइतमध्याह्न १० बजेर ५१मिनेटमा तय गरेको छ । यद्यपि शुभसाइतमा टीका लगाइदिन नभ्याइए दिनभर टीका लगाउँदा पनि पनि मिल्ने छ ।
जीवन विज्ञान प्रतिष्ठानका संस्थापकएलपीभानु शर्माले एउटै परिवारमा जन्मिनु र दुख पनि सुख पनिसँगै भोग्नु सामान्य विषय नभएको भन्दै, भाइटीका, दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई गहिरोसँग बुझ्ने पर्व भएको बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे