२०८२ बैशाख ७, आईतबार
अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्व सुरु हुनेगर्छ ।
आज पहिलो दिन नहाय खायको विधि गरिन्छ । यस्तै शनिवार खरना र आइतवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने सोमवार विहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।
छठ पर्वका लागि जनकपुरधामका पोखरीहरु सजाइएको छ । आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनार लगायत जलाशयका किनारलाई विशेष रुपले सिंगारिएको छ ।
जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज सर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरु छठ पूजा गर्ने अनुमान छ । पछिल्लो समय काठमाण्डौमा पनि यो पर्व धुमधामकासाथ मनाउने गरिन्छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे