२०८२ बैशाख ६, शनिबार
पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ६२८४ नं को ट्रक ट्रेलर पछाडी सोही दिशा बाट आएको बागमती प्रदेश ०३-००४प ७१६५ नं.को मोटरसाइकल ठक्कर खाँदा गम्भीर घाईते भएका अमरापुरीका मोटरसाइकल चालक ३० वर्षीय राजु क्षेत्रीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
ट्रेलरको पछाडीको भागमा मोटरसाइकल ठोक्किएर टाउकोमा चोट लागि गम्भीर घाईते भएका क्षेत्रीलाई उपचारका लागि भरतपुर पठाईएको र उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले बताए । पौडेलका अनुसार ट्रेलर चालक र ट्रेलर प्रहरी नियन्त्रणमा रहेका छ्न ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे