२०८१ मंसिर ७, शुक्रबार
नारायणगढ बुटवल सडक बिस्तार अन्तर्गत नयाँ लाईन निर्माण गर्ने क्रममा गैँडाकोट काँग्रेस चोकमा विद्युतको कार्य गर्नुपर्ने भएको हुँदा विद्युत अवरूद्ध हुने भएको हो।
गैँडाकोट नगरपालिकाका वडा नं. ४,५,६ र ८ का केही स्थानहरूमा विहान ८ बजेदेखि साँझ ४ बजेसम्म विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरण गैंडाकोट शाखा प्रमुख सुजन रिजालले नवलपुर अनलाइनलाई बताउनुभयो। समयमै काम सकिएको खण्डमा तोकिएको समय अगावै विद्युत सुचारू हुनेछ।
साथै ६० दिनसम्म विद्युतको रकम भुक्तानी नभएका ग्राहकहरूको लाईन बिना सूचना काटिने भएको हुँदा समयमै विद्युत महसुल भुक्तानी गरि २७ प्रतिशत जरिवानाबाट बच्न समेत प्राधिकरण ले अनुरोध गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे