२०८१ मंसिर ८, शनिबार
रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रर्बद्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ पौष २६ देखि माघ ८ गतेसम्म संचालन हुन गईरहेको रत्ननगर महोत्सव-२०८० का अवसरमा यस्तो अफरको व्यवस्था गरिएको हो।
महोत्सवमा आउने हरेक दर्शकहरूले काट्ने टिकट बापत मौलाकाली केबलकारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको रत्ननगर महोत्सव मूल आयोजक समिति संयोजक शंकर गिरीले जानकारी दिनुभयो। मेला अवधि पौष २६ देखि माघ ८ सम्म टिकट लिने दर्शकले सोही टिकटको आधारमा छुट लिन सक्ने उहाँले बताउनुभयो। मेलाअवधिभर काटिएको टिकट माघ १५ गतेसम्म प्रयोग गर्न सकिनेछ।
साथै मौलाकालीका दर्शनका लागि केबलकारको टिकट लिने हरेक दर्शनार्थीहरूलाई महोत्सवमा ५० प्रतिशत छुट समेतको व्यवस्था गरिएको मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिनुभयो।
महोत्सवमा सर्वसाधारण तर्फ रु ५० र विद्यार्थी शुल्क रु २५।- टिकट दर कायम गरिएको छ। जेष्ठ नागरिक, फरक क्षमता तथा एकल महिला लाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। साथै टिकट लिँदा मौलाकालिका केबुलकारबाट हाल लिईँदै आएको टिकट दर रु.५५०।- मा ५०% छुट पश्चात २७५ रूपैँयामै मौलाकालीमा चढ्ने व्यवस्था गरिएको हो।
त्यसै गरि रत्ननगर उद्योग वाणिज्य संघका सदस्यहरुलाई चितवन मेडिकल कलेज (CMC भरतपुरमा स्वास्थ्य सेवामा २० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको गिरीले बताउनुभयो।
रत्ननगर महोत्सव २०८० लाई भव्यताका साथ सम्पन्न गर्न मूल समिति, स्टेरिड कमिटी, सल्लाहकार समिति लगायत विभिन्न कार्यका लागि ३९ वटा कार्यगत समितिहरु गठन गरि तदारुकताका साथ काम अगाडि बढाई सकिएको छ।
यस पटकको महोत्सबमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा यहिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।
थप समाचार:
रत्ननगर महोत्सवमा ४५० स्टल रहने, तीनलाख दर्शकले अवलोकन गर्ने अनुमान
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे