२०८१ मंसिर ८, शनिबार
बैँकले कनिष्ठ सहायकदेखि सहायक प्रबन्धकसम्म ३०३ जना नयाँ कर्मचारीको माग गरेको हो ।
बैंकमा आवेदन दिनको लागी प्लस टु उत्तीर्णदेखि स्नातकोत्तर गरेको हुनुपर्ने बताएको छ । जसमा बैंकले अर्थशास्त्रमा स्नातकोत्तर गरेकाहरुका लागि सहायक प्रबन्धक छैटौं तह माग गरेको छ।
खुला तर्फ ३१ जना माग गरिएको छ भने महिला ८, आदिबासी जनजाती ७, मधेसी ६, दलित २, अपांगता भएका र पिछडिएको क्षेत्र एक एक जना माग गरिएको छ।
कुल २ जना छैटौं तहका लागि सीए उत्तीर्ण भएको हुनुपर्ने छ । सूचना प्रविधिमा तर्फ दुई जना माग गरिएको छ। त्यसैगरी सातवटै प्रदेशका लागि ४ तहमा कर्मचारी माग गरिएको छ।
प्रदेश १ का लागि ३१ जना, मधेस प्रदेशका लागि ३१ जना, वाग्मती प्रदेशका लागि ५१ जना, गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा २१ जना, कर्णालीमा २ र सूदूरपश्चिम प्रदेशमा २ जना माग गरिएको छ। यी पदमा आवेदन दिनका लागी व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनु पर्ने बताइएको छ ।
यसैगरी, गोल्ड टेस्टर प्रदेश १ मा १६ जना, मधेसमा १५ जना, वाग्मतीमा २७ जना, गण्डकीमा १२ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना माग गरिएको छ। यसमा प्लस टुका साथै अनुभव पनि माग गरिएको छ।
नेपाल बैंकमा रोजगारीको लागी जान चहानेका लागि चैत १० गतेसम्म आवेदन दिन पाइने छ । अनलाइन आवेदन दिनका लागी यहाँ गएर फारम भनुपर्ने छ ।
कुन कुन पदमा आवेदन माग गरिएको हेर्न यहाँ क्लिक गर्नुहोस् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे