२०८२ बैशाख ९, मंगलबार
पोखरा महानगरपालिका–१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ न. को दूध बोक्ने सिङ्गल क्याप बोलेरो नियन्त्रण गुमाई सडकको दाँयातर्फ अन्दाजी २० फिट तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडी चालक पोखरा महानगरपालिका–१८ ग्यारजाती बस्ने वर्ष ४९ को कृष्णबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो।
सोही ठाउँ बस्ने वर्ष ६९ की हिमकला थापा (टाउकोमा चोट) र वर्ष ७० की चन्द्रकला थापा (ढाडमा चोट) घाइते भएका छन्। घाइतेहरूको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे