२०८१ मंसिर ८, शनिबार
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन् ।
संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माननीय सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् ।
साथै, राष्ट्रियसभामा उत्पति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य तथा बिज्ञान विश्वबिधालय बिधेयक २०८०’ का सबन्धमा राष्टियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिनेछ ।
बैठकमा राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रिय सभामा उत्पति भएको ‘अनुगमन तथा मुल्याङकन बिधेयक सबन्धी प्रतिवेदन २०८०’ पेश गर्नेछन् ।सांसद प्रेम सुवालले ‘आर्थिक कार्यबिधि तथा बित्तिय उत्तर दायित्व (पहिलो संसोधन) अध्यादेश, २०८० लाई अस्विकार गरियोस भनी राख्नु भएको प्रस्तावलाइ निर्णयार्थ प्रस्तुन गरिने भएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यबिधि तथा बित्तिय उत्तर दायित्व (पहिलो संसोधन) अध्यादेश, २०८०’ लाइ स्विकृत गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।
साथै, मन्त्री महतले ‘बैंकिङ कसुर तथा सजायँ (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे