२०८१ मंसिर ९, आईतबार
के हो मेटाबोलिक सिन्ड्रोम ?
मेटाबोलिक सिन्ड्रोम कुनै रोग होइन । एउटा अवस्था हो । जसका कारण शरीरमा रोगको कारण बढ्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपना, अनियन्त्रित कोलेस्ट्रल यी चार ओटैको संयुक्त रुपलाई मेटाबोलिक सिन्ड्रोम भनिन्छ । ४५ वर्षभन्दा कम उमेरका मानिसमा यो सिन्ड्रोम भेटिनुको अर्थ ६५ वर्ष वर्षसम्ममा उनीहरूमा क्यान्सरको जोखिम दुई गुणा बढ्नु हो । यसले मुटुसम्बन्धी रोगको खतरा त बढाउँछ नै क्यान्सर, स्ट्रोक जस्ता रोगको जोखिम बढाउँछ ।
कसरी गरिएको थियो अध्ययन ?
आईसीएमआरको मातहत रहेको राष्ट्रिय पोषण संस्थानले तीन ठुला आइटी कम्पनीमा काम गरिरहेका युवाहरूमाथि यो अध्ययन गरेको थियो । जसमा लगभग सबै कर्मचारीको उमेर ३० वर्षभन्दा कम थियो । आधा कर्मचारी अत्यधिक वजन वा पूरै मोटोपनाले ग्रस्त पाइएको थियो । १० मध्ये ६ मा एचडीएल अर्थात् कोलेस्ट्रलको स्तर धेरै भेटियो । यो भनेको भविष्यमा मुटुसम्बन्धी रोगको संकेत हो । ३ दशमलव ८९ प्रतिशतमा मोटोपनको समस्या भेटियो ।
किन बढिरहेको छ क्यान्सरको खतरा ?
अस्वस्थकर भोजन, अस्वस्थ जीवनशैली र काम गर्ने वातावरणका कारण युवाहरूमा मोटोपना वा अस्वस्थताको माहौल बढेको छ । यसबारेको अध्ययन प्रतिवेदन मेडिकल जर्नल एमडीपीआईमा छापिएको छ ।एजेन्सी
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे