२०८१ मंसिर ७, शुक्रबार
विद्यालयले वार्षिकोत्सवको अवसरमा सोमबार सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरुलाई पुरस्कार वितरण, अभिभावकबीच खेलकुदका कार्यक्रम गरेको विद्यालयकी सहायक प्रधानाध्यापक रोजिना न्यौपानेले जानकारी दिनुभयो ।
विद्यालयले आयोजना गरेको अभिभावकबीचको खेलकुद प्रतियोगितामा कमला केसी र सन्दिप सुवेदी विजयी हुनुभएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुत गर्दै श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले यस विद्यालयलाई जिल्लाकै नमूना बनाउने गरी काम भइरहेको बताउनुभयो ।
यस विद्यालय भरतपुर महानगरको नमूना विद्यालय भएको भन्दै न्यौपानेले जिल्लाकै नमूना बनाउनका लागि बालमैत्री तथा समावेशी शिक्षा प्रदान गर्ने, अभिभावक र विद्यार्थीको पहिलो रोजाइ यस विद्यालयलाई बनाउने, शैक्षिक, भौतिक र सामाजिक रुपमा उत्कृष्ट विद्यालय बनाउने योजनासहित काम गरिरहेको बताउनुभयो ।
कक्षा १ देखि कक्षा ७ सम्म अध्ययन हुँदै आइरहेको विद्यालयले यसवर्षदेखि कक्षा ८ मा अध्ययन सुरु गर्ने तयारी भइरहेको प्रअ न्यौपानेले बताउनुभयो । विद्यालयले प्लो ग्रुपदेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको उहाँको भनाइ छ । विद्यालयमा जम्मा चार सय ७२ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो ।
सो कार्यक्रममा अभिभावकहरुको तर्फबाट मन्तव्य राख्दै अभिभावक तथा आधारभूत विद्यालय ब्रम्हपुरका प्रधानाध्यापक सन्दीप सुवेदीले अभिभावकहरु नियमित विद्यालयमा गएर विद्यार्थीको पढाइबारे चासो राख्नुपर्ने बताउनुभयो ।
शिक्षकले विद्यालयमा पढाउँदै आफ्नो जिम्मेवारी निर्वाह गरेको अवस्थामा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुने सुवेदीको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर–५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेतका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुहरि खनिया, विद्यालयका सल्लाहकार समिति सदस्य दिनेशचन्द्र आचार्य, गणेश मन्दिर टोल विकास संस्थाका अध्यक्ष डिल्लीराम पन्थ, विद्यालय अनुगमन समितिका श्रीप्रसाद कँडेललगायतले मन्तव्य राख्नुभएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे