२०८१ मंसिर ९, आईतबार
प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका ८ स्थानीय तहमध्ये गैँडाकोट पहिलो भएको हो ।
प्रतिवेदनमा गैँडाकोट नगरपालिकाले ६७.३३ अंक प्राप्त गरेको छ। गैँडाकोट नगरपालिकापछि मूल्याकंनका क्रममा क्रमश देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, बौदीकाली गाउँपालिका , हुप्सेकोट गाउँपालिका, विनयीत्रिवेणी गाउपालिका, बुलिगंटार गाउपालिका र कावासोती नगरपालिका रहेको प्रतिवेदनमा उल्लेख गरिएकाे छ।
जिल्लामा दोस्रो स्थानमा देखिएको देवचुली नगरपालिकाले ६४.२१ अंक प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको मध्यविन्दु नगरपालिकाले ६३.७० अंक प्राप्त गरेको छ ।
चौथो स्थानमा बौदीकाली गाउँपालिका रहेको छ। बौदीकालीको कूल प्राप्ताकं ६०.९२ रहेको छ। त्यस्तै हुुप्सेकोट गाउँपालिका ५६.२९, विनयीत्रिवेणी गाउँपालिका ५३.०४ र बुलिङ्गटार गाउँपालिका ४८.१० र कावासोती नगरपालिकाले ४८.१० अंक प्राप्त गरि जिल्लाकै अन्तिममा रहेको छ।
सो मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे/नगरेको, आउँदो आर्थिक वर्षको लागि आय/व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलगायतका विषयमा मूल्याङ्कन गरेको थियो ।
स्थानीय जनता, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायत सबैको सहयोगबाट नगरपालिका यो स्थानमा पुगेको भन्दै गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो। उहाँले नगरपालिकाले अझै प्रभावकारी रूपमा काम गरेर नागरिकको मन जित्ने क्रममा आफूहरु लागेको पनि बताउनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे