२०८१ मंसिर ७, शुक्रबार
९ महिना पुरा भै १५ वर्ष उमेर नपुगेका करिव एकलाख २२ हजार बालबालिकाहरुलाई दादुरा- रुवेलाको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्तिनाथ भट्टराईले बताउनुभयो।
फागुन १३ गतेदेखि २० गतेसम्म र फागुन २० गतेदेखि २७ गतेसम्म दुई चरणमा दादुरा – रुवेला विरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ। पहिलो चरणममा भोलिदेखि जिल्लाको गैँडाकोट नगरपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउपालिकाका बालबालिकाहरुलाई खोप लगाइँदैछ।
दोस्रो चरणमा देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउपालिका र विनयी त्रिवेणी गाउपालिकामा खोप लगाउने कार्यक्रम छ ।
जिल्लाभर सातसय स्वास्थ्यकर्मी (खोप कार्यकर्ता) खटाएको छ भने एकहजार चारसय जना स्वयंमसेवकलाई तालिम दिएर तयारी अवस्थामा राखिएको छ ।
दादुरा–रुबेला खोप नलगाएमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्यूमिनिया हुने इन्सेफलाइटिस हुने, कम्पन्न हुने तथा बालबालिकाको मृत्युसमेत हुनसक्ने स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे