२०८१ मंसिर १९, बुधबार
भ्रमण वर्षको फागुन १८ गते आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदी किनारमा एक समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने तय भएको छ ।
करिब ५० हजार सहभागी हुने उद्घाटन समारोहमा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने जनाइएको छ । उनी आज दिउँसो हेलिकोप्टरबाट चितवन आउने कार्यक्रम छ ।कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, एवम् मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि सहभागी हुने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न प्रदेश प्रदेश प्रमुख, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरुसहित अति विशिष्ट ब्यक्तित्वहरुको उद्घाटन समारोहमा सहभागिता रहनेछ ।उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बिहीबार नै चितवन आउने कार्यक्रम छ भने बाँकी नेताहरु आज शुक्रबार आउने कार्यक्रम तय भएको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई पनि निम्तो गरिएकोमा उनी कार्यव्यस्थताका कारणले सहभागी हुन नसक्ने जनाएको महानगर सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए । सत्ता गठवन्धनका नेताहरु सहभागी हुनुलाई सामान्य मानिए पनि एमाले अध्यक्ष ओली भरतपुर मेयरको निमन्त्रणलाई स्वीकार गरी आउन लागेकोलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
उद्घाटन समारोह अगाडि महानगरका २९ वटै वडाबाट विभिन्न झाँकीसहितको र्याली निकाल्ने र नारायणी नदी किनारमा जाने कार्यक्रम तय भएको छ । २ लाख बाह्य र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यसहित भरतपुर भ्रमण वर्ष सुरु गर्न लागिएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे