२०८१ मंसिर ७, शुक्रबार
जबर्जस्ती करणी र दुर्व्यवहारको मुद्दामा तनहुँ प्रहरीले शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
९ दिनदेखि पल शाह तनुहँ प्रहरीको हिरासतमा थिए। फागुन १५ गते बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैँडाकोट पुगेर उजुरी दर्ता गराएका थिए। सोही प्रकृतिको घटनाको अनुसन्धान गर्न आज गैँडाकोट ल्याएको इलाका प्रहरी कार्यालय गैँडाकोट प्रहरी निरिक्षक लक्ष्मी पाण्डेले बताउनुभयो।
‘बयान तथ अन्य अनुसन्धानका लागि अहिले पल शाह हाम्रो नियन्त्रणमा हुनुहुन्छ,’ प्रहरी निरीक्षक पाण्डेले भनिन्। शाह केही दिन गैँडाकोट प्रहरीको हिरासतमा नै रहनेछन्। अनुसन्धान र बयान सकिएपछि मात्र शाहलाई फेरि तनहुँ प्रहरीलाई बुझाइने छ।
२०७७ चैत ७ गते शाहले सुटिङको क्रममा गैँडाकोट रिसोर्टमा जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। तनहुँमा उजुरी गर्ने र गैँडाकोटमा उजुरी गर्ने पीडित किशोरी एकै हुन्।
शाहले १८ वर्ष नपुगेकी बालिकालाई प्रेममा पारेर करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। शाहलाई भाेलि सरकारी वकिल कार्यालय कावासोतीमा लगी बयान लिईनेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे