२०८१ मंसिर ६, बिहिबार
जिल्ला प्रहरीका अनुसार प्रहरी कार्यालय कावासोतीवाट एक किलोमिटर पूर्व महेन्द्रराजमार्गहुदै वाटो काट्न लागेको अबस्थामा बुधवार राती ८ बजे हरिण गाडिको ठक्करवाट मरेको हो । अन्दाजी ४ वर्षको पोथि हरिण मरेको हो । हरिण डिभिजन वन कार्यालय कावासोतीको परिसरमा राखिएको छ । बिहान त्यहि गाडिन्छ प्रहरीले भन्यो ।
महेन्द्रराजमार्गको कावासोती खण्डमा दुबै किनारमा जंगल रहेको छ । बथानसंगको हरिण वाटो काटनलाग्दा स्पिडमा आएको गाडिले ठक्कर दिएको अनुमान छ । ठक्कर दिने गाडिको अत्तोपत्तो छैन प्रहरीले भन्यो । कावासोतीदेखि पूर्व लोकाह सम्मको ४ किलोमिटर क्षेत्रमा हरिण र बंदेल बथानसंगै बाक्लै हिडडुल गर्छ । महेन्द्रराजमार्ग निर्माण गर्दा दुबै तर्फ जंगल भएका क्षेत्रमा जनावर वारपार गर्ने कोरीडरको करिब २ वर्ष सम्म अध्ययन गरेर सडकमा ठुला र चौडाई भएका पुल कल्भर्ड निर्माण गरिएपनि जंगली जनावर त्यहावाट नहिडेर राजमार्गमाथि वाटै ओहोरदोहोर गर्ने गरेको पाइएको छ ।
सडक सर्भे गर्दा जंगलमा रहेका राजमार्गका कल्भर्डमा बन्यजन्तुको क्रसिंग अबस्था जाँच्न सिसि क्यामरा राखेर त्यसै अनुसारको साइजका कल्भर्ड र पुल ( जनावर ओहोरदोहोर गर्ने भित्रि वाटो) निर्माण गरिएको सडक बिभागको दावी छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे