२०८१ मंसिर १०, सोमबार
यहि २०८० फाल्गुण २७ गते आइतबार (मार्च १०) तारिखका दिन मेट्स चितवन, नारायणगढ शाखामा आयोजना हुने सो कार्यक्रममा अमेरिका, युके, क्यानडा, आयरल्याण्ड र अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी तथा कलेजका २० भन्दा बढी प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थिति रहने छ।
बिद्यार्थी तथा अभिभावकहरुले प्रत्यक्षरुपमा भेट्घाट गरि ती प्रतिनिधिहरुसङ्ग डकुमेन्टेसन, कलेज फि, स्कलरशिप, सम्पूर्ण देशका भीषा सम्बन्धी पोलिसी लगायतका बिषयहरुमा अन्तरकृया गर्न सक्नेछन।
बिगत १५ वर्ष देखि चितवनमा अब्बल शैक्षिक परामर्श केन्द्रको रुपमा सुपरिचित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले हरेक देशको लागि फरक फरक परामर्शदाताद्वारा परामर्श प्रदान गर्दै आइरहेको छ। चितवनमा पूरानो तथा अत्याधुनिक ल्याब साहितको कार्यालय रहेको मेट्सले आयोजना गर्न लागेको शैक्षिक मेलामा सहभागी हुने प्रत्येक बिद्यार्थी एवम् अभिभावकहरुका लागि निकै नै महत्वपूर्ण रहनेछ। बिद्यार्थी तथा अभिभावकहरुको सहजतालाई मध्यनजर गर्दै बिभिन्न बैङ्कका प्रतिनिधि तथा क्रेडिट अफिसरसङ्ग पनि ‘फेस टु फेस’ कार्यक्रम राखिएको छ ।
कार्यक्रममा बैंकका प्रतिनिधिहरु संग शैक्षिक कर्जा तथा आवश्यक कागजातका बारेमा जानकारी लिन सक्नेछन। साथै कार्यक्रममा सहभागी बिद्यार्थीहरूका लागि प्रोसेसिङ्ग फिमा शतप्रतिशत सम्मको छुट, स्कूलरशिपको ब्यबस्था, आइ एल टि एस तथा पि टि ई मा ६० प्रतिशतसम्मको छुटको ब्यबस्था समेत गरिएको एडमिशन म्यानेजर सोनू नेपालीले जानकारी गराउनु भयो।
यस अघि मेट्सले गत असोज १२ गते शुक्रबार ‘अष्ट्रेलिया-क्यानडा इन्फो डे’ कार्यक्रम भब्यरुपमा सफलतापूर्वक सम्पन्न गरेको थियो । चितवन जिल्लामा नारायणगढ र पर्सा गरी दुईवटा शाखा मार्फत मेट्सले उच्च शिक्षा अध्ययनका लागि बिदेश जान चाहने बिद्यार्थीहरुका लागि सहजीकरण गर्दै आइरहेको छ।
अष्ट्रेलिया, भारत, फिजी, लाओस, फिलिपिन्स लगायतका मूलुकहरुमा समेत शाखा बिस्तार भैसकेको मेट्सको मुख्य कार्यालय भने पुतलिसडक, काठमाण्डौमा छ । चितवन लगायत बुटवल, पोखरा, कपिलबस्तुमा समेत मेट्सको शाखाहरु रहेको छ । प्लस टु र ब्याचलर्स अध्ययन गर्दै गरेका बिद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा लक्कि ड्र मार्फत बिद्यार्थीहरुलाई बिभिन्न उपहार प्रदान गरिनुका साथै बिभिन्न रोमान्चक खेलको समेत आयोजना गरिनेछ ।
मेट्स नारायणगढ शाखामा आयोजना गरिने सो कार्यक्रम बिहान ११ बजे देखि अपरान्ह ५ बजे सम्म सन्चालन हुनेछ भने कार्यक्रममा सहभागिताका लागि अग्रीम रजिष्ट्रर समेत गर्न सकिने मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजका रिजनल म्यानेजर प्रकाश पौडेलले जानकारी गराउनु भयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे