२०८१ मंसिर ९, आईतबार
यसैबीच, जागिरको बहानामा रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको खबर आइरहेको छ । मृतक हैदरावादका बासिन्दा थिए । उनको पहिचान मोहम्मद अफसानको रुपमा भएको छ । अफसान मात्र ३० वर्षका थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार अफसानलाई रुसले गत वर्ष डिसेम्बरमा सहायक भूमिकाका लागि बोलाएको थियो । तर, त्यहाँ पुगेपछि उनलाई बलपूर्वक रुसी सेनामा भर्ती गरियो। त्यसयता उनी युक्रेनविरुद्ध चलिरहेको युद्धमा लडिरहेका थिए।
भर्खरै हैदरावादका सांसद असदुद्दीन ओवैसीले जबरजस्ती रुसी सेनामा भर्ती भएका भारतीय युवालाई बचाउन अपील गरेका थिए । त्यसपछि उनको मृत्यु मस्कोस्थित भारतीय दूतावासले पुष्टि गरेको छ ।
मृतक भारतीय नागरिकका भाइको नाम इमरान हो । इमरानले हालै आफ्नो भाइको सम्बन्धमा भारतीय दूतावासलाई सम्पर्क गरेका थिए । यस क्रममा हैदराबादका सांसद असदुद्दीन ओवैसी पनि उनीसँगै थिए ।
अफसानले त्यहाँको एजेन्टको सहयोगमा रसियामा काम पाएका थिए । उनको मृत्युपछि उनको परिवारले एजेन्टसम्म पुग्ने प्रयास गरिरहेको छ । तर, अहिलेसम्म भेट्न सकेको छैन । यस विषयमा एजेन्टले अफसानको मृत्यु नभएको बताएको छ ।
ति मात्र होइन, एजेन्टको कुरामा विश्वास गर्ने हो भने अफसानलाई पोस्ट गरिएको ठाउँ युक्रेनको सीमा क्षेत्रभन्दा धेरै टाढा थियो । एजेन्टका अनुसार अफसान जिउँदै छन् । उनलाई मस्कोबाट टाढा पोस्ट गरिएको छ। त्यसैले उनले अहिले नै केही पुष्टि गर्न सक्दैनन् । अफसानका श्रीमती र २ छोराछोरी छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे