२०८१ मंसिर ७, शुक्रबार
गैंडाकोट नगरपालिका वडा नं. ११ मा रहेको मुकुन्दसेन इङ्गलिस बोर्डिङ्ग स्कूलले नयाँ शैक्षिक शत्रलाई मध्यनजर गर्दै “एफ डि प्याकेज” ल्याएको स्कूलका सहायक प्राचार्य चुन्न पौडेलले नवलपुर अनलाइनलाई बताए।
के हो “एफ डि प्याकेज”?
कक्षा नर्सरी देखि दश कक्षासम्मका विद्यार्थीहरूलाई पढाउनका निमित्त अभिभावकलाई आर्थिक भार नहोस भनेर गैंडाकोट नगरपालिकामा ल्याईएको “एफ डि प्याकेज” नगरकै पहिलो बिशेष अभिभावक लक्षित प्याकेज हो। अभिभावकले केहि निश्चित रकम विद्यालयमा बुझाएपछि सोही रकमले कक्षा नर्सरी देखि दश कक्षासम्म आफ्ना नानीबाबुहरूलाई सोही रकमबाट अध्यापन गराउन सकिने छ। दश कक्षा उत्तीर्ण पश्चात उक्त सम्पूर्ण रकम भने फिर्ता दिने सहायक प्रचार्य पौडेलले बताए।
न्यूनतम ३ लाख देखि ५ लाखसम्म विद्यालयमा बुझाएपछि सोही रकमबाट भर्ना देखि मासिक शुल्कहरू बुझाईरहनु नपर्ने र नर्सरी देखि कक्षा १० सम्म सो रकमबाट शुल्क मिनाहा हुँदै जाने र कक्षा १० उत्तीर्ण पश्चात सो अभिभावकले बुझाएको सम्पूर्ण रकम फिर्ता हुने स्किम हो “एफ डि प्याकेज”।
नर्सरी देखि दश कक्षासम्म मुकुन्दसेन इङ्गलिस बोर्डिङ्ग स्कूलमा पढ्ने विद्यार्थी र पढाउने अभिभावकको हकमा मात्रै यो स्किम लागू हुनेछ। बिचमै विद्यालय छुटाएर अन्यत्र विद्यार्थी लैजाने र विद्यालय परिवर्तन गरेको खण्डमा भने अभिभावकले जम्मा गरेको रकम फिर्ता नहुने पौडेलको भनाई छ। मानौँ अहिले नर्सरी मा भर्ना गर्दा ३ लाख बुझायौँ भने उसले कक्षा १० उत्तिर्ण गर्दासम्म सबै रकम ३ लाख नै पाउने भयो र भर्ना देखि मासिक तथा परिक्षा शुल्क कुनैपनि बुझाईरहनु परेन उनले भने। यस स्किमको बारेमा थप जानकारी लिन चाहने अभिभावकहरूले विद्यालयको प्रशासन शाखामा सम्पर्क गर्न पौडेलले अनुरोध गरे।
थप समाचार:
मुकुन्दसेन इङ्गलिस बोर्डिङ्ग स्कूलद्धारा छात्रवृत्तिका लागि आवेदन माग
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे