२०८१ मंसिर ९, आईतबार
गैँडाकोट नगरपालिका वडा नं. ५ मा स्थित कालिका मेडिकल कलेजले बैसाख ९ गतेदेखि वैसाख २० गतेसम्म कलेजमा आएका विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी कक्षामा समावेश गरिने कलेजले जनाएको छ ।
कालिका मेडिकल कलेजमा स्टाफ नर्स, एचए, ल्याव–टेक्निसियन, फिजियोथेरापी र रेडियोग्राफी र सिभील सव ओभरसियर जस्ता बिषयहरू पढ्न इच्छुक विद्यार्थीहरुका लागि तयारी कक्षा सुरु गरिएको कलेज प्रशासन प्रमुख सम्झना श्रेष्ठले बताउनुभयो।
गण्डकी प्रदेशमै एकमात्र फिजियोथेरापी पढाई सञ्चालन गर्दै आएको कालिका मेडिकल कलेज नवलपुर जिल्लाको एकमात्र नर्सिङ अध्यापन गराईरहेको कलेज हो।
आधुनिक ल्याव, आफ्नै अस्पताल, प्रयोगात्मक प्रयोगशाला, डाक्टर तथा नर्सहरुबाट अध्यापन गराउने , दक्ष जनशक्ति तथा गुणस्तरीय शिक्षाका कारण कालिका मेडिकल कलेजले चितवन नवलपुर र यस आसपासका क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे