२०८१ मंसिर ७, शुक्रबार
आज नेप्से १०१.०७ अंकले बढेर दुई हजार ६ सय ६७ दशमलब ९७ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । आज ४ अर्ब ८७ करोड ७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८८ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् । चार कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् ।
त्यस्तै, आज सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
ज्योती लाइफ इन्स्यारेन्स कम्पनी, एशियन लाइफ इन्स्यारेन्स कम्पनी र सानिमा लाइफ इन्स्यारेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज इमर्जीङ पावर कम्पनी, सूर्या लाइफ इनस्योरेन्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स कम्पनीको पनि शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टकोे भएको छ । यस कम्पनीको आज ३४ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको छ भने दोस्रोमा अपि पावरको ३० करोड १७ लाख भन्दा बढीको कारोबार रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे