२०८१ मंसिर ६, बिहिबार
नवलपुरको गैँडाकोट २ मा रहेको स्कुलले माध्यमिक शिक्षा परिषद (एसईई) को परिक्षामा नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । हिजो प्रकाशित नजिता अनुसार गैँडाकोट ईङ्लिस स्कुलका ९४.१ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका छन् ।
एसईई परिक्षा दिएका ३४ जना विद्यार्थीहरुमध्ये ६ जनाले ३.६ देखि ४ जीपीए, १३ जनाले ३.२ देखि ३.६ जीपीए, ११ जनाले २.८ देखि ३.२ जीपीए र २ जनाले २.४ देखि २.४ जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य हिरालाल अर्यालले बताउनुभयो । विद्यार्थी, शिक्षक र अभिभावकहरु सबैको त्रिकोणात्मक समन्वयका कारण स्कुलका विद्यार्थीहरुले राम्रो नतिजा ल्याएको भन्दै प्रार्चाय अर्यालले आफुहरुलाई थप उत्साहित बनाएको बताउनुभयो ।
एसईई परिक्षामा सहभागि भएका नगरका २३ वटा संस्थागत र सामुदायिक विद्यालयहरुलाई पछि पार्दै गैँडाकोट ईङ्लिस स्कुलले आफुलाई पहिलो स्थानमा सुरक्षित गरेको हो । प्ले ग्रुपदेखि कक्षा १२ सम्म पठनपाठन हुने गैँडाकोट ईङ्लिस स्कुलमा १४ सय विद्यार्थी तथा १३१ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे