२०८१ मंसिर ८, शनिबार
गैँडाकोट नगरपालिका वडा नं. २ मा अवस्थित अक्सफोर्ड कलेजले शैक्षिक सत्र २०८१/८२ का लागि भर्ना आह्वान गरेको हो।
कक्षा ११ मा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, आम संञ्चार र कानून विषयहरुमा नयाँ भर्नाका लागि आवेदन खुलेको अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर इन्जिनियर हरि भण्डारीले जानकारी दिनुभयो।
विद्यार्थीले असार १६ गतेसम्म कलेजले उपलब्ध गराएको लिङ्कबाट आफ्नो नाम दर्ता गर्न सक्नेछन्। असार १७ गते दिउसो १ वजे प्रवेश परिक्षा हुने भएकोले समयमै सिट सुरक्षित गर्न समेत अक्सफोर्डले अनुरोध गरेको छ ।
कक्षा ११ को बिज्ञान तर्फ जैबिक बिज्ञान (Bio Science) र कम्प्युटर बिज्ञान (Computer Science) तथा व्यवस्थापन तर्फ Pure Management र Hotel Management तथा आमसञ्चार र कानून बिषयमा नयाँ भर्ना आव्हान गरेको हो। बिज्ञान र व्यवस्थापन तर्फका छुट्टाछुट्टै सेक्सनमा ४० जना विद्यार्थीका दरले राखेर अध्यापन गराईनेछ। साथै सोही क्षमतामै आमसञ्चार र कानून बिषयमा पनि विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेको कलेजले बताएको छ। यस बर्षदेखि होटल म्यानेजमेन्ट तर्फ पोखरा विश्वविद्यालयबाट ४८ वटा सिट स्वीकृत भएकोमा ४३ वटा सिटमा भर्ना लिईने भण्डारीले बताउनुभयो।
हालै प्रकाशित एसईई २०८० को नतिजामा ४ जीपीए ल्याउने विद्यार्थीलाई कक्षा ११ र कक्षा १२ मा नि:शूल्क अध्यापन गराईनेछ। त्यस्तै ३.८ जीपीएभन्दा बढि ल्याउने विद्यार्थीलाई कक्षा ११ मा मासिक शूल्कमा पूर्ण छुट गरिनेछ। गैँडाकोट नगरपालिकाले तोकेको छात्रबृत्ति संख्या र कलेजले छुट्याएको छात्रवृत्ति कोटा मार्फत ४८ जनाले पूर्ण र आंशिक रूपमा छात्रबृत्ति पाउने कलेजका प्राचार्यले बताउनुभयो।
व्यवस्थापनमा गतबर्षसम्म ८ वटा सेक्सनमार्फत पढाई भैरहेकोमा यस आर्थिक बर्षदेखि भने सेक्सन थप गरेर १० पुर्याउने तयारि रहेको छ। कलेजमा उच्चस्तरीय भूकम्प प्रतिरोधी भवनहरु, ल्याब सुबिधा, एसी सहितको अत्याधुनिक सुबिधायुक्त कक्षाकोठा, लिफ्टको सुबिधा, स्वच्छ र शान्त वातावरण, अत्याधुनिक सुबिधायुक्त होटल म्यानेजमेन्ट प्राक्टिकल ल्याब, स्तरीय लाइब्रेरी र क्यान्टिनको सुबिधाहरु रहेका छन्।
वि.सं. २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका आईटी तर्फका ११ वटा गोल्डमेडल मध्ये अक्सफोर्ड कलेजले नै ८ वटा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ।
अक्सफोर्ड कलेजले स्नातक तहमा बिसिए, बिबिए, सीभील इन्जिनियरिङ, बीइ इलेक्ट्रेकिल एण्ड इलेक्ट्रोनीक्स र ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ, ब्याचलर अफ होटल म्यानेजमेन्ट बिषयहरूमा समेत अध्ययन गर्ने सुबिधा छ।
अक्सफोर्ड कलेज पछिल्लो समय उपत्यका बाहिर उत्कृष्ट नतिजा सहित विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाईको शैक्षिक संस्थाको रूपमा आफुलाई चिनाउन सफल भएको छ। यस बर्ष जापानको राजधानी टोकियोमा आयोजित एक विशेष समारोहमा अक्सफोर्ड कलेजलाई “बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३” बाट सम्मान गरिएको थियो। कलेज रिर्डस नामक नेपालको अंग्रेजी मासिक पत्रिकाले अक्सफोर्ड कलेजलाई बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर” अवार्ड समेत हात पार्न सफल भएको छ।
बिज्ञान संकायमा पटक पटक बोर्ड प्रथम द्धितीय र तृतीय स्थान हासिल गरि राष्ट्रिय नतिजामै उच्च गुणस्तरीय शिक्षा प्रदान गर्छ भन्ने कुरा अक्सफोर्डले प्रमाणित गरेको छ। सो कलेजमा अध्ययन गरि आफ्नो भविष्य सुरक्षित गर्नुहुन विद्यार्थीबर्गमा कलेजले आव्हान गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे