२०८१ मंसिर ७, शुक्रबार
उहाँले निजी क्षेत्र र शैक्षिक संस्थाहरु मिलेर उद्यमशिलता विकाशका कार्यक्रमहरु अगाडी बढाउनु पर्ने बताउनुभयो । यसै कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले निजी क्षेत्र र शैक्षिक संस्थाहरु विचको ज्ञान साझेदार गरेर चितवन जिल्लाको आर्थिक, सामाजिक, क्षेत्रको विकासको साथ साथै कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकासका लागि के गर्न सकिन्छ भन्ने तथ्याङ्क उपलब्ध गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने र उद्योग र शैक्षिक संस्थाहरु विच एक आपसमा आवश्यकता र समस्याहरुबारे समधान खोज्न यस कार्यक्रम महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले विद्यार्थीलाई स्थापित गराउन पढ्दै कमाउदै गर्नुपर्ने भएकाले कलेजहरु सँग सहकार्य गरेर रोजगार सृजना गर्न उद्योग वाणिज्य संघ–चितवन तयार रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै मैया देवी कन्या कलेजका क्याम्पस प्रमुख भोजराज न्यौपानेले विश्वको सवै विकसित देशहरु उद्यम व्यवसायबाटनै विकास भएको बताउदैँ उहाँले कलेजका विद्यार्थीलाई उद्यम बनाउन निजी क्षेत्रको पनि सहयोगको आवश्यकता रहेकोले निजी क्षेत्रलाई सहयोग गर्न अपिल गर्नुभएको थियो । कार्यक्रलममा बोल्दै मैया देवी कन्या कलेजको प्रध्यापक संघका सभापती कृष्णप्रसाद न्यौपानेले अहिलेका यूवाहरु भविश्यको खोजी गर्दै बढ्दो विदेश पलायनले भईरहेको अवस्थामा रोजगार गर्दै पढ्न पाए विद्यार्थीलाई सहज हुने बताउदैँ उहाँले पाटटाईम रोजगारी सृजना गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको थियो । कार्यशालामा उद्यमशितला विकास सम्बन्धीका ४ वटा शिर्षकमा स्रोत व्यक्तीहरुले प्रस्तुतीकरण गर्नुभएको थियो । व्यवसाय विकासमा निजी क्षेत्र, सार्वजनीक क्षेत्र र शैक्षिक क्षेत्रको भुमिका विषयमा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले प्रस्तुतिकरण दिनुभएको थियो । पर्यटन र उद्यमशिलताका विषयमा उद्योग वाणिज्य संघ–चितवनका पूर्व विशिष्ट सदस्य एवं मैया देवी कन्या कलेजका अनुसन्धान तथा प्रकाशन प्रमुख डा. विश्वराज सुवेदी प्रस्तुतीकरण गर्नुभएको थियो । उद्यमशिता र उत्प्रेरण सम्बन्धी विषयमा चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेलले प्रस्तुतीकरण गर्नुभएको थियो । अनुसन्धान र उद्यमशिताका विषयमा शहिद स्मारक कलेजका अनुसन्धान तथा प्रकासन प्रमुख राजु रानाभाटले प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा मैयादेवी कन्या कलेजका प्रध्यापकज्यूहरु, विभिन्न कलेजका प्राध्यापक, कर्मचारी , विभिन्न कलेजका विद्यार्थीहरू गरी ५० जनाको सहभागीता रहेको जानकारी उद्योग वाणिज्य संघ–चितवनको कार्यक्रम अधिकृत गणेश सुवेदीले गराउनुभएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे