२०८१ मंसिर ६, बिहिबार
यस्तै, नवलपुरमा गत ५ दिनदेखि लगातार पानी परिरहेको छ । गएरातिदेखि भारी बर्षा भइरहेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १०१ दशमलव ८ मिलिमिटर पानी परेको छ भने पछिल्लो १ घण्टामा २५ दशमलब ४ मिलिमिटर पानी परेको विभागले जनाएको छ ।
रातिदेखि भारी बर्षा भएसँगै नवलपुरका कावासोतीको केरुङ्गे खोला, लोकाहा खोला, डण्डाको पत्थर खोला, गिरुवारी खोला, दलदलेको बौलाहा खोलाका साथै नारायणी नदीमा पानीको बहाब बढेको छ ।
अहिलेसम्म जोखिम तहभन्दा तल नदी तथा खोलामा पानीको सतह भए पनि यहाँ निरन्तर अहिलेकै अवस्थामा भारी बर्षा भइरहे नारायणी नदी लगायत खोलाको सतह बढ्न गइ बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
नवलपुर पनि अहिलेको सक्रिय मनसुनमा उच्च जोखिममा परेको जिल्ला भएकाले सबैलाई सतर्क रहन आग्रह गर्नुभएको छ । विपद व्यवस्थापन समितिको केही दिनअघि बसेको वैठकले पालिका, रेडक्रस, प्रहरीलगायतका सुरक्षा निकायलाई उच्च सर्तकताका साथ रहन आग्रह गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे