२०८१ मंसिर ८, शनिबार
एक्सपर्ट हेटौंडा शाखा प्रमुख अच्युत चालिसेले वडा नं.३ का जनप्रतिनिधि हिराबहादुर प्रजा र विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारलाई उक्त खेलकुदका सामग्री हस्तान्तरण गर्नुभयो । एक्सपर्ट शाखा प्रमुख चालिसेले एक्सपर्टको २१औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयलाई सानो सहयोग स्वरुप खेलकुदका सामग्री सहयोग गरिएको बताउनुभयो । उहाँले आगामि दिनमा आवश्यकताको आधारमा यस्तै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजबाट खेलकुदको सामग्री पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो–‘हामी खोज्दै हिड्नुपर्ने ठाउँमा तपाईहरु आफै हामीलाई खोजेर खेलकुदका सामग्री सहयो गर्नुभयो, हामी ज्यादै खुशी छौं ।’
उहाँले यस खेलकुदका सामग्रीले विद्यार्थीहरुको सिकाईमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पढ्न आउन नमान्ने विद्यार्थीहरु पनि खेलकुदको कार्यक्रमले विद्यालय आउन सक्ने भएकाले विद्यालयमा पढ्ने वातावरण समेत तयार हुने बताउनुभयो ।
एक्सपर्ट हेटौंडाले विभिन्न समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गर्दै आइरहेको छ । एक्सपर्टले बिहीबार विश्वरभर नै ‘एक्सपर्ट डे’ मनाएको छ । सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्म भएको हो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे