२०८२ बैशाख १०, बुधबार
चितवनको राप्ति नगरपालिका ५ पम्पापुल स्थित पुर्व पश्चिम राजमार्गमा काठमाण्डौबाट धरान तर्फ आउदै गरेको बा प्र ०१ ००६ ख ४७९९ नम्बरको बस र सोहि दिशावाट आउदै गरेको ना ६ ख ५९२७ ट्रक बिच बिहान अन्दाजी २:३५ बजेको समयमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
बसमा सवार मध्ये १० जना घाईतेहरू निम्म रहेका छन्।
पुरानो मेडिकल कलेजमा उपचार भैरहेका:
१. जि.सप्तरी खड्क न.पा.२ बस्ने बर्ष २३ को हलेश्वर मण्डल(मध्यम)
२. जि.मोरङ सुनसरी न.पा.४ बस्ने बर्ष ४० को मनरथ सार्की(मध्यम)
३. ऐ.ऐ. लेटाङ न.पा.५ बस्ने बर्ष २४ को धिरज न्यौपाने(मध्यम)
४. जि.सुनसरी कन्चनरुप न.पा.१ बस्ने बर्ष ३८ को सनतन चौरासीया(मध्यम) एलाइभ हस्पिटलमा उपचार
५. जि.सप्तरी शम्भुनाथ गा.पा.१२ बस्ने बर्ष २८ को दयाराम मण्डल दुवै खुट्टा भाचिएको (मध्यम)
६. जि.सुनसरी गढि गा.पा.५ बस्ने बर्ष २० को राजदेव साह दाया खुट्टा भाचिएको (मध्यम)
७. जि.ईलाम देउमाई न.पा.४ बस्ने बर्ष ४० सोम राई (सामान्य)
८. जि.मोरङ रंगेली न.पा.२ बस्ने बर्ष २५ को मोहमद अजिम(मध्यम)
९. जि.सप्तरी सुरुंगा न.पा.९ बस्ने बर्ष २३ को अरविन्द कुमार यादव(सामान्य)
१०. देश भारत दार्जलिङ बस्ने बर्ष २४ को आषिक भुजेल (दुवै खुट्टा भाचिएको )मध्यम
दुवै सवारी साधन र बस चालक जिल्ला सप्तरी तिरुत गा.पा.२ बस्ने बर्ष ४० को सन्तोष कुमार यादव तथा ट्रक चालक जि.रामेछाप साङटार गा.पा.२ बस्ने बर्ष ३५ को निर कुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे