२०८१ मंसिर ७, शुक्रबार
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने १ हजार ३० जना म्यादी प्रहरीको लागि जिल्ला प्रहरी कार्यालय नवलपुरले चैत्र ६ देखि आवेदन माग गरेको थियो। सो पदका लागि आइतबार मात्रै ४३० जनाले आवेदन दिएको प्रहरी निरिक्षक सागर पन्तले नवलपुर अनलाइनलाई बताउनुभयो।
आइतवार आवेदन दिएका ४३१ जना मध्ये महिला ९६ र पुरूष ३३५ रहेका छन्।
म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले नि:शुल्क रूपमा दरखास्त बुझाउन सक्नेछन् । दरखास्त दिन आउँदा नेपाली नागरिकताको प्रतिलिपि र ४ थान पासपोर्ट साईजको फोटो लिएर आउनुपर्नेछ। नेपाल सरकारले छनोट गर्ने छनोट प्रक्रियामा विशेष गरी पूर्व नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनालाई प्राथमिकता दिइने छ ।
म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय कावासोतीमा उपस्थित भई दरखास्त दिन सकिनेछ । प्राप्त भएका आवेदनहरूको छनौट चैत्र १६ गतेबाट शुरू हुनेछ। चैत्र २२ गते १ हजार ३० जना म्यादी प्रहरीको अन्तिम नतिजा प्रकाशन गर्नेगरि तयारी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता दिलीप कुमार गिरीले बताउनुभयो। छनौट भएका म्यादी प्रहरीको लागि चैत्र २८ देखि १५ दिनको तालिम सञ्चालन हुनेछ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नवापत ७ हजार २००,पोशाक तथा अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधाको व्यवस्था गरिएको छ ।
सम्बन्धित समाचार:- नवलपुरमा १०३० म्यादी प्रहरीको भर्ना खुल्यो, चैत्र ११ सम्म आवेदन दिन सकिने
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे