२०८२ बैशाख ६, शनिबार
तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पूरा गरी युनाइटेड एप्लिकेशन फाउण्डेशन अमेरिकाद्वारा अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरेको हो ।
यो देशभरकै नगरपालिकाहरूमा पहिलो भएको नगरपालिकाको दाबी छ ।
मंगलबार भएको समारोहमा आईएसओे सर्टिफिकेशन नेपालका म्यानेजर सुदिप शर्माले नगरप्रमुख वासुदेव घिमिरेलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
त्यस अवसरमा आईएसओे सर्टिफाइड नेपालका म्यानेजर शर्माले गुणस्तर मापदण्ड पूरा गरी नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट प्रमाणपत्र प्रदान गरिएको बताए ।
समारोहमा नगर प्रमुख घिमिरेले सिंगो नगरवासी, जनप्रतिनिधि र कर्मचारीको मेहनत र परिश्रमले नगरपालिकाले यो सफलता हासिल गरेको बताए ।
उनले तीन वर्षसम्म म्याद रहने यो गुणस्तरलाई दिगोपन दिन सबै कर्मचारी जनप्रतिनिधि तथा नगरवासीहरूले समेत यसको गरिमा बचाई राख्नुपर्ने बताए ।
कार्यक्रममामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवीलगायत सहभागी थिए ।
नगरपालिकाले आईएसओ प्रमाणीकरणका लागि आवश्यक ३० सूचकमध्ये २४ वटामा उत्तीर्ण भएको थियो । खबर हबबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे