२०८२ बैशाख ८, सोमबार
कारमा सवारमध्ये एकजना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ । कारबाट हाम फालेर बाँच्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका जगातीका २७ वर्षीय सुशान्त कक्षपती रहेका छन्।
बेपत्ता हुनेहरुमा भक्तपुर सुर्यविनायक नगरपालिका जगातीका वर्ष ३२ का चालक अविन बडे, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन् । नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार शनिबार साँझ ५:३० बजे नदीमा खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे