२०८२ बैशाख ८, सोमबार
भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको घुमाउने भन्ने स्थानमा महेन्द्रनगरबाट काठमाण्डौ जादै गरेको सु.प्र.प्र.०२-००१ ख १३३२ नं.को बस आफै अनियन्त्रित भई सडक साईडको डिभाईडरमा ठोकिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
आज बिहान करिब ०७:१५ बजेको समयमा सो दुर्घटना भएको हो। घाईतेमध्ये १५ जनालाई सिएमसी अस्पताल भरतपुरमा भर्ना गरिएको छ। घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ। घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे