२०८२ बैशाख ८, सोमबार
प्रतियोगिताको उद्घाटन खेलमा प्याराडाईज युवा क्लब रत्ननगर विजयी भएको छ । स्टार स्पोर्टसको मैदानमा भएको खेलमा प्याराडाईजले बसन्तपुर माडीलाई ३–० ले हराएको हो । प्याराडाईजका आकाश थापा म्यान अफ दि म्याच भए ।
त्यस अघि प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख अतिथि नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठले उद्घाटन गरे । सो क्रममा श्रेष्ठले माडी आफ्नो जन्मथलो भएको बताउँदै यस्ता प्रतियोगितामा निरन्तर सहयोग रहने बताए ।कार्यक्रमका विशिष्ट अतिथि तथा मुख्य प्रायोजक गोल्डेन ईमिनेन्ट इन्टरनेशनलका प्रवन्ध निर्देशक प्रकाश रिजालले प्रतियोगिताको सफलताको कामना गरे । उनले माडी क्षेत्रको फुटबल बिकासका लागि निरन्तर सहयोग रहने बताए ।
यस्तै उनले स्थानीय स्तरबाट नै खेलाडी उत्पादनका लागि पनि आफ्नो संस्था सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।भाद्र २१ गतेसम्म चल्ने प्रतियोगितामा आज ग्रीनल्याण्ड युवा क्लब कृष्णनगर माडी र सूर्यपुर फुटबल क्लब कालिका भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । १२ टोली सहभागी प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख तथा उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे