२०८२ बैशाख ८, सोमबार
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न २: ३० बजेदेखि हुने भएको छ ।लगातार भइरहेको बर्षाका कारण दशरथ रंगशाला खेल्न योग्य नभएपछि फाइनल खेलपनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ ।
नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै बंगलादेशले भने सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
नेपाल र बंगालदेश यस प्रतियोगीताको एकै समुह ए मा रहेका थिए । समुह चरणको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
नेपालले अहिलेसम २०१५ र २०१७ मा साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको भएपनि बंगलादेशले भने अहिलेसम्म यो उपाधि जितेको छैन । बंगलादेश अहिलेसम्म २०१७, २०१९ र २०२२ मा फाइनलमा पुगेर पराजित भएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे