२०८२ बैशाख ८, सोमबार
देवचुली नगरपालिका १ मेगापार्क स्थित नारायणी नदी किनारमा अन्दाजी ३५ बर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय,
नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो।
दिउसो करिब १२ बजेको समयमा उक्त वेवारिसे शव फेला परेको हो। हाल नामथर वतन नखुलेको अन्दाजी ३५ देखि ४० बर्षको जस्तो मोटो शरिर ,मंगोलियन अनुहारको जस्तो अनुहार देखिने महिलाको घटनाको बारेमा थप अनुसन्धान भैरहेको पौडेलले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे