२०८१ माघ १५, मंगलबार
श्रीधर लामिछाने,
विश्व स्वास्थ्य संगठन र सयुक्त राष्ट्रसंघले हरेक वर्ष सेप्टेम्बर महिनालाई विश्व अल्जाइमर दिवसको रूपमा विश्वभरि मनाउदै आएको छ।अल्जाइमर डिजिज इन्टरनेसनल (Alzheimer’s Disease International -ADI) ले आफ्नो दसौं स्थापना दिवस देखि सन् सेप्टेबर २१, १९९४ देखि यो दिवस विश्वव्यापी रूपमा मनाउदै आएको छ। हाम्रो देश नेपालमा पनि हरेक वर्ष अल्जाइमर रोगबारे चेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम गरि यो दिवस मनाउदै आएको छ। यसमा नेपाल सरकारसंग मिलेर ज्येष्ठ नागरिक महासंघ र अल्जाइमर विस्मृति समाजको पनि सक्रिय सहभागिता र सहयोगमा विभिन्न कार्यक्रमहरु संचालन हुने गरेकोछ। तर यसले चेतना जगाउने हिसाबले व्यापकता भने पाउन सकेको देखिदैन।
वास्तबमा हामीसंग यथार्थ तथ्यांकगत चित्र दिन अहिलेसम्म नेपालमा यो रोगको के कस्तो अवस्था छ भनि विस्तृत अध्ययन गरिएको भने छैन । तर छिमेकी मुलुक र अन्य मुलुकको अध्ययन अनुसन्धान बाट नेपालमा पनि अल्जाइमर पीडित को संख्या अनुमान गर्न भने गार्हो छैन। दिनानुदिन अल्जाइमर पीडितको संख्या बढ्दो छ।
विश्व स्वास्थ्य संगठनको प्रक्षेपणको आधारमा नेपालमा सन् २०१५ मा अल्जाइमर रोग बाट पीडितको संख्या करिब ७८ हजार अनुमान गरिएको थियो, सन् २०३० सम्म यो संख्या बढेर १ लाख ३४ हजार पुग्ने र सन् २०५० सम्ममा २ लाख ८५ हजार पुग्ने अनुमान गरिएको छ ।
विश्वमा यो रोगबाट पीडित हुनेको संख्या ५५ मिलियन अनुमान गरिएको छ भने सन् २०३० सम्म यो संख्या बढेर ७८ मिलियन पुग्ने र सन् २०५० मा यसको संख्या १३९ मिलियन पुग्ने अनुमान गरिएको छ ।
सामान्यतः विश्वमा यो रोगबाट पीडित हुनेको संख्या प्रति वर्ष १० लाखको दरले बढ्ने अनुमान गरिएको छ। विश्वका अल्जाइमर पीडितहरु मध्ये करिब ६०% भने न्यून आय भएको मुलुकमा रहेका छन्।
आखिर हो के त यो रोग अल्जाइमर ?
कुनै पनि मानिसले भर्खर गरेको, भनेको वा सुनेको कुरा लगातार विर्सिने वा विस्मृत हुने समस्या यो रोगको प्रमुख लक्षण हो। विर्सनु नै अल्जाइमरको कारणले भन्ने चाहि हुदैन। विर्सने समस्या धेरै कारणले हुनसक्छ।तसर्थ आफ्नो घर वा छिमेकमा कसैको यस्तो विर्सने समस्या बढ्दै गएको खण्डमा बेलैमा रोगको पहिचान गर्न नजिकको स्वास्थ संस्थामा गएर स्वास्थ्य परिक्षण गर्नु आवस्यक छ।
यो रोग प्रायजसो ६० वर्ष नाघेका मानिसलाई बढिजसो लाग्ने गर्दछ। यस बारे भ्रम के छ भने बुढो भए पछी विर्सनु सामान्य कुरा हो जस्तो अन्ध विश्वास हाम्रो समाजमा व्यापक छ । तर बास्तविकता त्यस्तो होइन्। बुढो हुदैमा विर्सने समस्या हुन्छ नै भन्ने हुदैन्। यो रोगबाट बच्ने उपाय पनि नभएको होइन ।
मुख्यकुरा के छ भने जुन जुन् कुराले मुटु स्वास्थ्य राख्न मद्दत गर्छ तिनै कुराले अरु रोग लाग्न नदिन पनि मद्दत गर्छ । उदाहरणको लागि शारीरिक र मानसिक रुपमा सक्रिय रहनु मुटुका लागि जति आवस्यक छ त्यति नै आवस्यक अल्जाइमर डीमेंसिया बाट बच्न पनि आवस्यक हुन्छ। त्यस्तै खानपान स्याहारसुसार हरेक स्वास्थ्य समस्यामा उत्तिकै महत्वपूर्ण हुन्छ चाहे मुटुको समस्या होस् वा अल्जाइमर।
मद्यपान, चुरोट बिडी जस्ता धुम्रपान सुर्तीजन्य पदार्थ को सेवन आदिले पनि अल्जाइमर निम्त्याउन मद्दत पुग्नसक्छ भने निस्क्रिय जीवन स्वस्थ्य जीवनको बिरोधि कुरा हो। सफा र ताजा खानपान, सक्रिय र उत्साहजनक व्यवहारले मानिसलाइ स्तरीय सुस्वास्थ्य कायम राख्न मद्दत गर्छ। तसर्थ, निरस र एकांकी पना त्यागौं उत्साह र उमङ्गका साथ् वाचौं रोगलाइ पर-पर भगाउं।
अल्जाइमर विस्मृति रोगका केहि महत्वपूर्ण लक्षणहरू निम्न अनुसार हुन्छन:
बोलीचालीमा देखिने फरक लक्षण (Verbal aggression)
भौतिक क्रियाकलापमा देखिने फरक व्यवहार (Physical aggression):-
अधैर्य (restlessness)
विस्मृत रोग लागेको शंका लागेमा निम्न अनुसार सहयोग गर्नु पर्छ :
यी र यस्ता असामान्य लाग्ने क्रियाकलाप पनि अवस्था बिग्रदै गर्दा जटिल हुदै जान सक्छ । तसर्थ बेलैमा चिकित्सकहरुको सल्लाहमा उपचार गराएमा विरामी लाइ आफ्नो नियन्त्रणमा राखी सहयोग पुर्याउन मद्दत पुग्छ । यस्तो अवस्थामा यस्ता अल्जाइमर पीडित व्यक्तिहरुको स्याहारसुसार गर्ने व्यक्तिमै विचलन आउन पनि सक्ने हुनाले स्याहार कर्ताको पनि उचित व्यवस्थापन गर्नु आवस्यक छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे