२०८१ चैत्र १९, मंगलबार
पछिल्लो पटक तुरिया खोला, चारघरे, सोमई टोललगायतका क्षेत्रबाट नदीजन्य पदार्थ जफत गरिएको हो । जफत गरिएका नदीजन्य पदार्थलाई कानुनअनुसार लिलाम गरिनेछ । अभियानअन्तर्गत चोरी निकासीमा संलग्न सवारी साधन नियन्त्रण र थुपारेर राखिएका पदार्थ जफत अगाडि बढाइएको नगर प्रमुख अर्यालले बताइन् ।
विभिन्न खोलाबाट पछिल्लो पटक नदीजन्य पदार्थको चोरी निकासी बढेपछि नगरपालिकाले थुपारेर राखिएको स्थानको खोजी गरेर जफत गरिएको नगर प्रमुख अर्यालले जानकारी दिइन् । वर्षाको समयमा असारदेखि भदौसम्म नदीजन्य पदार्थको ठेक्का लगाउन नमिल्ने प्रावधान रहेकाले पनि अहिले त्यस क्षेत्रमा चोरी निकासी बढेको हो । चोरी गरिएका नदीजन्य पदार्थलाई खोला छेउ, झाडी, कुला, खुला चौरलगायत स्थानमा ढुङ्गा थुपारेर राखेको अवस्थामा जफत गरिएको नगर प्रमुख अर्यालले जानकारी दिइन् ।
नगर क्षेत्रको पानभार खोला, भूमही खोला क्षेत्रमा पनि अवैध रूपमा नदीजन्य पदार्थ थुपारेर राखिएको बताइएको छ । ती स्थानहरूमा पनि क्रमशः अनुगमन गरेर जफत गरिने नगर प्रमुख अर्यालले जानकारी दिइन् । रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे