२०८१ मंसिर ११, मंगलबार
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने १ हजार ३० जना म्यादी प्रहरीको लागि जिल्ला प्रहरी कार्यालय नवलपुरले चैत्र ६ देखि आवेदन माग गरेको थियो।
सो पदका लागि आइतबार पहिलो दिन ४३०, दोस्रो दिन ८२० जना, मंगलबार तेस्रो दिन ७०५ जनाले आवेदन दिएका छन्। आज चौथो दिन ४३७ पुरूष र ११४ महिला सहित जम्मा ५५१ ले आवेदन दिएको प्रहरी निरिक्षक सागर पन्तले नवलपुर अनलाइनलाई बताउनुभयो।
यो सहित चौथो दिन सम्ममा आवेदन दिनेको संख्या २ हजार ५ सय ६ रहेको छ। चौथो दिनसम्ममा नवलपुरमा माग गरिएको म्यादी प्रहरी संख्या भन्दा १४७६ बढिको आवेदन परेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे