२०८१ मंसिर ७, शुक्रबार
कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा क्षयरोगका बिरामी रहेका छन्। भरतपुर महानगरमा १५३ जनामा क्षयरोग देखिएको हो। यस्तै खैरहनीमा ३३, माडीमा २९, रत्ननगरमा ३२, राप्तीमा १८ र कालिका नगरपालिकामा १९ तथा इच्छाकामना गाउँपालिकामा पाँच जनामा क्षयरोग देखिएका छन्। गत आर्थिक वर्षमा जिल्लामा ८९४ जनामा क्षयरोग देखिएको उनले जानकारी दिए।
उनका अनुसार अहिले उपचारमा ५३५ जना छन्। गत आर्थिक वर्ष र चालु आवमा क्षयरोग पुष्टि भएका उनीहरु अहिले उपचार गराइरहेका हुन्। नेपालमा हाल ६८ हजार नयाँ क्षयरोगका बिरामी भेटिएको तथ्याङ्कले देखाएको छ। तीमध्ये पाँच हजार २०० जना १४ वर्षमुनिका बालबालिका छन् भने ६३ हजार नयाँ बिरामी १४ वर्षमाथिका रहेको जनस्वास्थ्य अधिकृत ढकालले बताए। नेपालमा भेटिएकामध्ये दुई हजार २०० बहुऔषधि प्रतिरोधि बिरामी रहेका छन्। सङ्क्रमितमध्ये ३३ प्रतिशत महिला र ६३ प्रतिशत पुरुष रहेका छन्। नेपालमा हरेक वर्ष १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ।
जनस्वास्थ्य अधिकृत ढकालका अनुसार नेपालमा प्रत्येक दिन १८९ नयाँ बिरामी भेटिने गरेका छन्। तीमध्ये १०१ बिरामी उपचारका लागि नआउने गरेका छन् । प्रत्येक दिन क्षयरोगका कारण ४७ बिरामीको मृत्यु हुने गरेको छ। उच्च मृत्युदर भएका १० वटा रोगमध्ये क्षयरोग पनि एक हो। रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे