२०८१ चैत्र ६, बुधबार
बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ललितपुरको नख्खु खोलाले बगाउँदा नखिपोट क्षेत्रबाट ४ जना बेपत्ता भएकोमा तीन जनाको उद्धार गरिएको छ । यसैगरी गोदावरीमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उपत्यकाका अधिकांश नदी किनारका वस्ती डुबानमा परेका छन् । थुप्रै क्षेत्र जलमग्न बनेका छन् । बाढीले उपत्यकाका सयौं घर डुब्दा स्थानीयको बिचल्ली भएको छ । मनोहरा, बागमती, विष्णुमतीलगायतका नदीमा आएको बाढी करिडोर पार गरेर बस्तीसम्मै पसेको छ ।
काठमाडौँका बागमती, विष्णुमती,मनोहरा नदीमा बाढी आउँदा आसपासका बस्ती डुबेका छन् । बाढीले च्यासल, टेकु, बल्खु, नख्खु,गोंगबु क्षेत्र डुबेका छन् ।
बागमती-मनोहरा दोभानमा बाढीले ग्यास ट्याङ्कर नै बगाएको थियो । बाढीले बगाइरहेका बेला ग्याँस लिग भएपछि सो क्षेत्रका स्थानीय त्रसित बनेका थिए । बाढीले ललितपुरको नख्खु -कुसुन्ती क्षेत्र प्रभावित बनेको छ भने भक्तपुरमा राधेराधे र हनुमन्ते खोला आसपासको क्षेत्र डुबानमा परेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे